२१ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

सम्पादकसँग दाहालले भनेः निर्वाचन भए सहभागी हुन्छौं, नभए विकल्पको कुरा होला

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक  पुष्पकमल दाहालले अहिलेको सरकार बन्दा संविधान मिचिएको कुरामा आफ्नो असहमती भएपनि निर्वाचन गर्ने कुरामा सहमती रहेको बताएका छन्। शुक्रबार सम्पादकहरूलाई सम्बोधन गर्दै संयोजक दाहालले यस्तो बताएका हुन्।  

‘अहिलेको परिस्थितिमा केही संविधान टेक आउट त भएको छ। त्यसमा हाम्रो असहमति पनि छ,’ दाहालले भने, ‘तर ६ महिनापछि निर्वाचन गर्ने घोषणा भइसकेको स्थितिमा अब हामी निर्वाचन तिरै लाग्नुपर्ने हुन्छ।’  

घोषित मितिमा स्वच्छ, निष्पक्ष र धाँधलीरहीत निर्वाचन होस् भनेर माओवादी केन्द्रले निर्वाचनमै जाने निर्णय गरेको उनले दाबी गरे। ‘हाम्रा केही रिजर्भेसन छन्, तर अहिलेको अवस्थामा निर्वाचन वातावरण बनाउने नै हो,’ दाहालले भने।  

निर्वाचन हुनै सकेन भने अर्को कुरा सोच्न सकिनेतर्फ पनि उनले इंगित गरे। उनले भने, ‘निर्वाचन हुनै सकेन भने हामी सबै लाग्दा पनि भने त्यो विकल्पको कुरा होला। तर अहिले निर्वाचन सफल पार्ने र प्रतिनिधिसभा ल्याउनेतिर जोड ग¥यौं।’  

प्रकाशित: २४ आश्विन २०८२ १३:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App