२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

दाहाल भन्छन्ः जेन–जीले प्रश्न उठाएकाले अध्यक्ष छाडे, संयोजक भएँ

‘मेरो नेतृत्व निष्क्रिय हुने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने त हुँदैन’<br>

नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहालले जेन–जी आन्दोलनमा प्रमुख पार्टीको नेतृत्वमाथि प्रश्न उठेकाले आफूले अध्यक्ष पद छाडेको दाबी गरेका छन्। शुक्रबार सम्पादकहरूसँग कुरा गर्दै दाहालले यस्तो बताएका हुन्।  

‘जेन–जीले जसरी लिडरसिपबारे प्रश्न उठाएको छ, प्रमुख पार्टीहरूका,’ दहालले भने, ‘त्यसलाई पनि हामीले कुनै न कुनै रूपले सम्बोधन गर्नुपर्छ भनेर नै केन्द्रीय समिति भंग गर्ने, आयोजक समिति बनाउने, अध्यक्ष पद छोड्ने, संयोजक हुने, अधिवेशनमा जाने र लिडरसिप नै बदल्ने त्यही प्रक्रियाबाट बदल्ने मैले बडो प्रस्टसँग आफ्नो केन्द्रीय समिति बैठकमा भनेको थिएँ।’  

तर आफ्नो नेतृत्वको निष्क्रिय हुने भन्ने कुरा नहुने दाहालले बताए। ‘आज सम्पादक अगाडि भन्न चाहन्छु–मैले इतिहासमा गरेका आन्दोलनहरू, गरेका भूमिका र नेतृत्वहरू र मेरो नेतृत्व निष्क्रिय हुने, पलायन हुने, रिटायर्ड लाइफ बिताउने त मेरो हुँदैन। मेरो नेचरले पनि दिँदैन, इतिहासको आवश्यकताले पनि दिँदैन।’  

तर अध्यक्ष भने भइराख्नुपर्छ भन्ने नभएको उनले बताए। उनले भने, ‘तर अध्यक्ष पद, पार्टीको प्रमुख भई नै राख्नुपर्छ भन्नेमा म अब छैन। मैले बैठकमा प्रस्टसँग भनेको छु।’  

प्रकाशित: २४ आश्विन २०८२ १४:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App