२६ भाद्र २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कुशे औँसीमा भावुक भए दाहालका दुई छोरी : तपाईं मेरो गर्व र प्रेरणा हुनुहुन्छ

कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिनका अवसरमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाललाई उनका छोरीहरू रेणु दाहाल र गंगा दाहालले सम्झिएका छन्।

सामाजिक सञ्जालमार्फत रेणुले बुवाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दै जीवन सधैं सक्रिय र उत्साहले भरिपूर्ण रहोस् भन्दै कुशे औँसीको शुभकामना दिएकी छन्।

उनले लेखेकी छन्, ‘सुस्वास्थ्य एवं दीर्घायुको कामनासहित तपाईंको जीवन सधैंभरि यसरी नै सक्रिय र उत्साहले भरिपूर्ण रहिरहोस् बुवा। कुशे औँसीको धेरै–धेरै शुभकामना।’

त्यस्तै, गंगाले पनि बाबुको छोरी हुनु आफ्नो जीवनको सबैभन्दा ठुलो गर्वको विषय भएको बताएकी छन्।

उनले लेखेकी छन्, ‘आज बाबुको मुख हेर्ने दिनमा एउटै कुरा भन्न चाहन्छु, तपाईंकी छोरी हुनु मेरो जीवनको सबैभन्दा ठुलो गर्वको विषय हो। तपाईं मेरो गर्व र प्रेरणा हुनुहुन्छ। हजुरलाई मुख हेर्ने दिनको शुभकामना।’

प्रकाशित: २६ भाद्र २०८३ १३:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App