१३ जेष्ठ २०८३ बुधबार
image/svg+xml
राजनीति

सरकारविरुद्ध प्रदर्शन गर्दै नेकपा संयुक्त

फाइल तस्बिर

घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सरकारविरुद्ध माइतीघरमा प्रदर्शन गर्ने भएको छ।

बालेन्द्र शाह नेतृत्वको सरकारले संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र सुकुम्बासीहरूको घरमा डोजर चलाएर घरबारविहीन बनाएको विरोधमा नेकपा संयुक्त वैशाख २३ गते बुधबार दिउँसो १ बजे माइतीघरमा प्रदर्शन गर्ने भएको हो।

नेकपा संयुक्तका केन्द्रीय प्रचार विभाग दामोदर अर्यालले यसबारे जानकारी दिँदै भने, ‘नवनिर्वाचित बालेन सरकारद्वारा संसद्लाई छलेर अध्यादेशद्वारा शासन गर्ने प्रवृत्ति र बर्खायामको सुरुआतमा सुकुम्बासीहरूको घरमा डोजर चलाएर घरबारविहीन बनाएकोमा हाम्रो पार्टी असहमति प्रकट गर्दछ।’

उक्त दिन माइतीघरमा उपस्थिति हुन पार्टीका कार्यकर्ता र आम जनसमुदायहरूलाई अपिल समेत गरेको उनले बताए।

प्रकाशित: १९ वैशाख २०८३ १२:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App