२९ वैशाख २०८३ मंगलबार
image/svg+xml
राजनीति

स्वास्थ्यमन्त्री मेहता र राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र नेपालका लागि बेलायती राजदूत रोब फेनबीच शिष्टाचार भेटवार्ता भएको छ। 

स्वास्थ्य मन्त्रालयमा भएको भेटमा मन्त्री मेहताले वर्तमान सरकारको १००-बुँदे मार्गचित्रले आत्मसात गरेको सुशासन र प्रभावकारी सार्वजनिक सेवा प्रवाहबारे जानकारी गराइन्। दुई जनाबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय साझेदारीलाई अझ सशक्त बनाउने विषयमा सघन छलफल भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार राजदूत फेनले नेपालको स्वास्थ्य प्रणाली सुदृढीकरणमा बेलायत सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे। 

प्रकाशित: २३ वैशाख २०८३ १८:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App