९ असार २०८३ मंगलबार
image/svg+xml
राजनीति

महाधिवेशनमा रवि दाइले ‘अन्तिम पटक अनुहार देखाउन’ दलका नेता बोलाउनु भएको हो : खगेन्द्र सुनार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका क्रममा बाँके क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारले महाधिवेशन बोलाइएका अन्य दलका नेताहरूमाथि विवादास्पद अभिव्यक्ति दिएका छन्।

उनले महाधिवेशन उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका नेताहरूलाई मञ्चमा आमन्त्रण गरिएको प्रसङ्गमा पार्टी सभापति रवि लामिछानेले उनीहरूलाई ‘अन्तिम पटक अनुहार देखाउन’ बोलाएको टिप्पणी गरेका हुन्।  

उनले भने, ‘रवि दाइले हिजो चाहिँ उहाँहरूलाई बोलाएर स्टेजमा किन राखेको भने अन्तिम पटक भ्रष्टाचारी आतंककारीहरूको अनुहार कार्यकर्ता साथीभाइले हेरुन्, अब तह लगाउनु पर्ने यति बाँकी छन् भनेर चाहिँ उहाँले देखाइदिनु भो।’  

साथै उनले केही नेताहरूको सम्पत्ति छानबिन र व्यक्तिगत आचरणमाथि प्रश्न उठाउँदै भ्रष्टाचार र बेथितिविरुद्ध रास्वपा निरन्तर उभिएको बताए। 

उनले रास्वपा, पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाह सुरुदेखि नै सुशासन, न्याय र सदाचारको पक्षमा रहेको भन्दै अन्य दलका नेताहरूबाट नैतिकता र सुशासनको पाठ सिक्न आवश्यक नरहेको बताए। 

उनले विपक्षी दलको नेतालाई भ्रष्टचारीको आरोप लगाउँदै भने, ‘भ्रष्टाचारीहरूले आएर हामीलाई सदाचारी सिकाउनु पर्दैन जसले जेनजीको हत्या गरे हत्याराहरूले आएर हामीलाई सदाचार सिकाउनु पर्दैन मानव अधिकार के हो हामीलाई सिकाउनु पर्दैन।’    

प्रकाशित: ९ असार २०८३ १२:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App