नेकपाका संयोजक पुष्पकमल दाहालले सुनसरीको कप्तानगञ्जमा भएको घटनामा सुरक्षा निकायको भुमिकामाथि प्रश्न उठाएका छन्।
बिहीबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै दाहालले सो घटनामा सुरक्षाकर्मीले गोली नै चलाउनुपर्ने स्थिति कसरी आयो भनेर प्रश्न उठाएका छन्।
निर्वाचनका समयमा जनता सामु गरिएका प्रतिवद्धताअनुसार सरकारको कार्यसम्पादनबीच तालमेल नहुँदा परिस्थिति दिन दिनै असहज बन्दै गएको बताए।
उनले भने, ‘त्यहाँ त्यो स्तरको गोली चलाउनैपर्ने अवस्था थियो या थिएन। समस्या समाधानका अन्य विकल्पहरूमा के कति पहल गरियो। यी सबै विषयमा वास्तविकता बाहिर ल्याउन म सरकारसँग विशेष अपील गर्दछु।’
यस्तै, उनले सुनसरी घटनाको सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
प्रकाशित: १४ श्रावण २०८३ १३:५१ बिहीबार





