नेकपा (एमाले) का सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) का नेताहरूलाई पार्टीमा समाहित हुन आह्वान गर्दै स्वागत तयार भएको बताएका छन्। उनले जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धतालाई एकताको मुख्य आधार मानेका छन्।
भट्टराईले लेखेका छन्, ‘नेकपा समाजवादीबाट एमालेमा समाहित हुने तयारीमा रहनु भएका कमरेडहरू, पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ। तपाईंहरूलाई स्वागत गर्न हामी तयार छौ। जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो। अरू सबै तपशीलका विषय हुन।’
उनले नीति र नेतृत्व स्वीकार गर्ने सर्तको चर्चालाई अस्वाभाविक ठहराउँदै लेखेका छन्, ‘नीति र नेतृत्व स्वीकार गर्नु पर्ने सर्त पनि सुनियो। नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र? यो भनिरहनु पर्ने विषय नै होइन। जबज हाम्रो सिद्धान्त हो, नीति हो। तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो। प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो।’
यस्तो छ उनको स्टाटस
नेकपा समाजवादीबाट एमालेमा समाहित हुने तयारीमा रहनु भएका कमरेडहरू,
पार्टी अध्यक्ष, महासचिव लगायत हामी सबैले यहाँहरूलाई नेकपा एमालेमा समाहित हुन आह्वान गरिसकेका छौ । तपाईंहरूलाई स्वागत गर्न हामी तयार छौ ।
जनताको बहुदलीय जनवादप्रतिको प्रतिबद्धता नै हाम्रो एकताको मुख्य आधार हो । अरू सबै तपसिलका विषय हुन ।
नीति र नेतृत्व स्वीकार गर्नु पर्ने सर्त पनि सुनियो । नीति र नेतृत्वलाई अस्वीकार गरेर सहकार्य कसरी हुन्छ र ? यो भनिरहनु पर्ने विषय नै होइन ।
जबज हाम्रो सिद्धान्त हो, नीति हो । तपाईं हाम्रो साझा प्रयत्नले यसलाई थप परिष्कृत र समृद्ध बनाउने हो ।
प्रतिस्पर्धाबाट छानिएको नेतृत्व हाम्रो एकताको आधार हो । पार्टीको ११ औ महाधिवेशनको मिति घोषित छ । महाधिवेशन पूर्व नीति र नेतृत्वको बहस गर्ने वैधानिक अभ्यास पाँचौँ महाधिवेशनबाटै स्थापित गरिएको छ । यो पार्टी जीवनको लोकतान्त्रिकरणको महत्त्वपूर्ण आयाम पनि हो । अमुक नेतालाई जिताउनै पर्ने पूर्व सर्त स्वीकार गर्ने या नगर्ने यो यहाँहरूकै विवेकको विषय हो । तर एमालेमा समाहित हुनु कुनै सर्तभन्दा पनि माथिको महत्वको सवाल हो । एमालेमा तपाईंहरूको सहभागिताबाट कुन नेतालाई फाइदा हुन्छ या हुन्न? कुन नेताले जित्छ या हार्छ? यो गौण हो । हामी चाहन्छौ हाम्रो सहकार्यले नेपाल राष्ट्रले जित्नु पर्छ, नेपाली जनताले जित्नु पर्छ र नेकपा एमालेले जित्नु पर्छ । त्यसका खातिर हामी हजार पटक हार्न तयार छौ ।
स्वागत छ कमरेडहरू!
प्रकाशित: १९ कार्तिक २०८२ ११:०९ बुधबार


-600x400.jpg)


