२४ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेसको मतदान राति ९ बजेसम्म, दुई घण्टापछि मतगणनाको तयारी

फाइल तस्बिर

१५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि भइरहेको मतदान राति ९ बजेसम्म चल्ने जनाएको छ।

नेपाली कांग्रेसको निर्वाचन समितिका अनुसार सात बजेसम्मले पाँच सय प्रतिनिधिले मतदान गर्न बाँकी रहेकाले समय थप गरिएको हो। मतदान सकिएको दुई घण्टाभित्र मतगणना सुरु गर्ने तयारी गरिएको छ।

यसअघि बिहान ८ः३० बजेदेखि सुरु भएको मतदानका लागि साँझ ५ बजेसम्मको समय निर्धारण गरिएको थियो। पछि मतदानको समय बेलुका ७ बजेसम्म थप गरिएको थियो।

प्रकाशित: २३ आश्विन २०८३ २०:२४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App