१६ चैत्र २०८२ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसले भेला विगतमा पनि गर्थ्यो अहिले पनि गर्दैछ: डा शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले यसपटक धेरै नेता संसदबाहिर रहेको उल्लेख गर्दै संसदमा कसरी जाने भन्ने विषयमा वरिष्ठ नेताहरूसँग सरसल्लाह गर्न नवनिर्वाचित सांसदहरुलाई सुझाव दिएका छन् ।

आइतबार आयोजित एक भेलामा उनले यस्ता भेटघाट र कार्यक्रमहरू नेपाली कांग्रेसभित्र पहिले पनि हुँदै आएको र अहिले पनि निरन्तर जारी रहेको उल्लेख गरे ।

‘संसदमा धेरै विषयवस्तुहरू आउने भएकाले ती विषयहरू गहिरो रूपमा बुझ्न र विज्ञहरूसँग छलफल गर्नुपर्ने भन्दै यसका लागि आफूहरू तयार रहेको पनि स्पष्ट पारे।

उनले भने ‘यो सबै कुरा हामी नेपाली कांग्रेसका साथीहरूले पहिले–पहिले पनि गरिराखेकै कुरा हो । र अहिले पनि हामीले यस्ता कार्यक्रमहरु गरिराखेका तपाईँहरूसँग सधैँ यस्तो भेटघाट भइरहन्छ । संसद्मा के भइरहेको छ, कसो भइरहेको छ ? हामी संसद बाहिर छौँ । त्यो कुरालाई पनि तपाईँहरूले ध्यान दिएर संसदमा कसरी जाने भनेर म भन्दा पनि धेरै पूराना वरिष्ठ साथीहरू यहाँ हुनुहुन्छ, उहाँहरू वा हामीसित सरसल्लाह पनि गर्नुहोला । संसदमा धेरै विषयवस्तु आउने बताउँदै उनले ती विषयवस्तु बुझेर विज्ञसँग छलफल गर्नुपर्छ भने तयार छौं ।’

संसदमा जाने सांसदहरुलाई नेपाली कांग्रेसको गरिमालाई उच्च राख्नेगरी काम गर्न अपिल गरे ।

 

प्रकाशित: १६ चैत्र २०८२ १७:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App