नेपाली कांग्रेस सम्बद्ध युवा विद्यार्थीहरुले मंसिर १२ गते नियमित महाधिवेशनको मंसिर १२ गते पक्षमा बृहत् भेला गर्ने भएका छन्। तीनकुनेस्थित एक व्याङ्क्वेटमा शुक्रबार बिहान ११ बजे बृहत् भेला आयोजना गर्न लागिएको जनाइएको हो।
कार्यक्रमको तयारी स्वरुप बुधबार उनीहरुको बैठक बसेको छ। बैठकमा पार्टिको बाग्लुङ जिल्ला सभापति जित शेरचन, तरुण दलका अध्यक्ष विद्वान गुरुङ, महिला संघका अध्यक्ष उषा मिश्र, नेपाल किसान महासंघका अध्यक्ष गणेश चन्द्र तिमिल्सिना लगायतको उपस्थित रहेको थियो।
नेपाली कांग्रेस सम्बद्ध महिला केन्द्रीय सदस्य, तरुण दल केन्द्रीय सदस्य, युवा एवं विद्यार्थी संघ केन्द्रीय सदस्यहरु, आस्थावान युवा विद्यार्थीहरु बैठकमा सहभागी थिए।
कार्यक्रमको दिन विभिन्न ठाउँबाट र्यालीसहित कार्यकर्ताहरु उपस्थित हुने जानकारी बैठकमा गराइएको छ। कार्यक्रममा नियमित अधिवेशनको भावनामा वक्ताहरुले सम्बोधन गर्ने जानकारी विद्यार्थी नेता मनिषजङ्ग थापाले दिए।
प्रकाशित: १० मंसिर २०८२ १७:०४ बुधबार





