७ चैत्र २०८२ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस प्रवक्ता भन्छन्: अधिकांश केन्द्रीय सदस्यले सभापतिको राजीनामा अस्वीकार गरे

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जारी केन्द्रीय समिति बैठकमा अधिकांश सदस्यहरूले सभापति गगन थापा को राजीनामा अस्वीकार गर्नुपर्ने पक्षमा धारणा राखिरहेको बताएका छन्।

शुक्रबार दिउँसोबाट सुरु भएको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै चालिसेले सभापतिले दिएको राजीनामा औपचारिक रूपमा बैठकमा प्रस्तुत भइसकेको र त्यसबारे सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको जानकारी दिए।

उनका अनुसार सभापति थापाले नैतिक जिम्मेवारीको विषय उठाए पनि बहुसंख्यक सदस्यहरूले अहिलेको परिस्थिति सम्हाल्दै नेतृत्वमै रहेर पार्टी पुनर्निर्माणमा लाग्नुपर्ने मत व्यक्त गरेका छन्।

प्रवक्ता चालिसेले हालको निर्वाचन परिणामलाई सभापति थापाको व्यक्तिगत कमजोरीसँग जोड्न नमिल्ने पनि स्पष्ट पारे। उनका अनुसार निर्वाचन परिणाम दीर्घकालीन परिस्थितिको उपज भएको र थापाले नेतृत्व सम्हालेको छोटो समय करिब ५० दिन पर्याप्त नभएकै कारण अपेक्षित नतिजा आउन नसकेको हो।

प्रकाशित: ६ चैत्र २०८२ १६:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App