२६ आश्विन २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेसको समावेशी प्रतिनिधित्वको अभ्यासले सर्वसाधारण नेपालीलाई आश्चर्यचकित बनायो : थापा

नेकपा एमालेका नेता सूर्य थापाले नेपाली कांग्रेसको महाधिवेशनमा गुरु घिमिरे र जीवन परियारको पराजय तथा विनोद चौधरीको विजयलाई लिएर व्यंग्य गरेका छन्।

थापाले कांग्रेसको समावेशी प्रतिनिधित्वको अभ्यासले सर्वसाधारण नेपालीलाई आश्चर्यचकित बनाएको टिप्पणी गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्, 'नेपाली कांग्रेस २.० का एक नम्बर हस्ताक्षरकर्ता गुरु घिमिरे र खास समावेशी प्रतिनिधित्वका उम्मेदवार जीवन परियारको पराजय र विनोद चौधरीको विजयले वाहियात स्थिति स्पष्ट संकेत गरेको छ,' उनले भने।

नेपाली कांग्रेस २.० का एक नम्बर हस्ताक्षरकर्ता गुरु घिमिरे र खास समावेशी प्रतिनिधित्वका उम्मेदवार जीवन परियारको पराजय र विनोद चौधरीको विजयले वाहियात स्थिति स्पष्ट संकेत गरेको उनले बताए।

'परिवर्तनको सरिलो धुन भनेर बजाएकोमा झ्यारझ्यार आवाज पो सुनियो...! सुध्रिएको र बिग्रिएको विवेक बुझ्नै कठीन! विजोग यस्तै अवस्थालाई भनिएको होला! उनले भनेका छन्।

प्रकाशित: २६ आश्विन २०८३ ११:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App