२३ श्रावण २०८३ शनिबार
image/svg+xml
राजनीति

सदनमा ‘मौन’ उभिएर कांग्रेस सांसद यादवले गरे विरोध

नेपाली कांग्रेसका सांसद डा. चन्द्रमोहन यादवले सदनमा उठेर मौन रहेर विरोध जनाएका छन्।

शुक्रबार प्रतिनिधि सभाको बैठकमा धनुषाको ढल्केबरमा निर्माण गर्ने भनिएको ट्रमा सेन्टर सरकारले अर्कै स्थानमा सार्न खोजेको भन्दै उनले विरोध जनाएका हुन्।

स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले ढल्केबरको ट्रमा सेन्टर अन्यत्रै सार्न लागेको आरोप लगाउँदै उनले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाए।

उनले बजेट समेत सुनिश्चित भइसकेको आयोजनालाई अन्यत्र सार्ने निर्णय तत्काल फिर्ता नभए सम्म विरोध जनाइरहने बताए।

उनले सरकारको यस कदमको विरोधमा आफू दिनभर सदनमा उठेर मौन बस्ने बताए। उनले भने,‘ढल्केबरमा बन्ने भनिएको ट्रमा सेन्टर यो सरकारले सार्ने भनेको छ। यसको विरोधमा म आज दिनभर सदनमा उठेर मौन बस्छु।’ 

त्यसपछि सभामुख डीपी अर्यालले उनलाई पटक–पटक बस्न आग्रह गरेपनि उनले आफूले राखेको विषयमा अर्थ या स्वास्थ्य मन्त्री आएर जवाफ दिनुपर्ने अडान राखे।

पछि सभामुखले सांसद यादवले राखेको विषयमा जवाफ दिन सरकारलाई निर्देशन दिए। सभामुखको निर्देशनपछि उनी बसे र सभामुखले सदन अघि बढाए।

प्रकाशित: २२ श्रावण २०८३ १३:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App