नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेस प्रदेशमा कांग्रेस नेतृत्वकै सरकारले निरन्तरता पाउने बताएका छन्।
बर्दिबासमा बुधबार आयोजित ‘नेपाली कांग्रेस प्रदेश र स्थानीय तह केन्द्रित मधेस प्रदेशस्तरीय भेला’ एवं ‘जरा अभियान’ लाई सम्बोधन गर्दै सभापति थापाले मधेस प्रदेश सरकारको नेतृत्वमा नेपाली कांग्रेसले निरन्तरता दिने बताएका हुन्।
सभापति थापाले नेपाली कांग्रेस पार्टी र नेताको हरेक गतिविधिलाई सामाजिक आन्दोलनसँग जोडेर अगाडि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिए।
प्रकाशित: ६ जेष्ठ २०८३ १८:२७ बुधबार





