२७ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

कोशी सरकारबाट बाहिरियो कांग्रेस

कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ।

बुधबार कोशी प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मतकुमार कार्की समक्ष राजीनामा दिएपछि कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको हो।

एमालेका कार्की नेतृत्वको प्रदेश सरकारमा कांग्रेसबाट ४ जना मन्त्री र एक जना राज्यमन्त्री सहभागी थिए।

कांग्रेसका भौतिक पूर्वाधार विकासमन्त्री प्रदीप सुनुवार, स्वास्थ्यमन्त्री मानबहादुर लिम्बू, उद्योग, कृषि तथा सहकारीमन्त्री इस्राइल मन्सुरी, पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुली र भौतिक पूर्वाधार विकास राज्यमन्त्री शोभा चेम्जोङले राजीनामा दिएका छन्।

अब कोशी प्रदेशमा केन्द्रीय नेताहरूले गरेको सहमतिअनुसार नेकपा र एमालेको सरकार बन्ने छ। 

प्रकाशित: २७ श्रावण २०८३ १७:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App