४ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

देउवासँग कांग्रेस नेताको आग्रह: बालेन पक्राउ गर्न खाेज्दा बोल्नुभयो, अहिले पनि बोल्नुस्

नेपाली कांग्रेसका युवा नेता शंकर तिवारीले सूचीकरणमा नआएका सामाजिक सञ्जाल निष्क्रिय पार्ने सरकारको निर्णय विरुद्ध बोल्न पार्टी सभापति शेरबहादुर देउवासँग बोल्न आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत नै नेता तिवारीले सभापति देउवासँग बोल्न आग्रह गरेका हुन्।

‘बोल्नुहोस्,  शेरबहादुरजी बोल्नुहोस्,’ तिवारीले लेखेका छन्, ‘सामाजिक सञ्जालमा बालेन साहले निरन्तर असामाजिक कुरा बोलेभन्दा तपाईँका समकक्षी कम्युनिस्ट नेताहरूले बालेनलाई थुन्नुपर्छ भन्दा तपाईँले बालेन शाहलाई थुन्न हुँदैन भन्नुभयो। अहिले त सिंगो देशलाई थुन्ने र बन्धक बनाउने कुरा हुँदै छ। केही त बोल्नुहोस्।’ 

अर्को स्टाटसमा उनले २०५८ असोज १८ मा राजा ज्ञानेन्द्र शाहको प्रतिगमनको निर्णयभन्दा आम जनतालाई टेलिफोन लाइन काटिएको र सञ्चारमाध्यममा सेन्सर गरिएको कुरा कुरा बढ्ता चासोको विषय बनेको उल्लेख गरेका छन्।   ‘अहिलेको केपी ओलीको कदम अग्रगमन हो कि प्रतिगमन हो, बहस गर्दै जाउँला,’ उनले अगाडि लेखेका छन्,‘तर त्यो त्यतिबेलाको टेलिफोनको जति महत्व थियो आजको सामाजिक सञ्जालको महत्व त्यो भन्दा ज्यादा छ।’ आजको सामाजिक सञ्जाल सम्बन्धी निर्णय सरकारका लागि आत्मघात हुने उनको दाबी छ।

प्रकाशित: १९ भाद्र २०८२ १६:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App