१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस नेता आमोदप्रसाद उपाध्यायको उपचारका क्रममा निधन

नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधन भएको छ । मुखको क्यान्सरबाट पीडित रहेका उनको ह्याम्स अस्पताल काठमाडौंमा निधन भएको हो । उपाध्यायको शनिबार साँझ उपचारका क्रममा निधन भएको छ ।  

तत्कालिन मोरङ क्षेत्र नम्बर-१ (हाल २) बाट दुई पटक निर्वाचित सांसद उपाध्याय ०५६ सालको उपनिर्वाचनमा चुनाव जितेर शिक्षा मन्त्री बनेका थिए ।  

उपाध्यायलाई कांग्रेस वृत्तमा शालिन बौद्धिक नेताका रुपमा चित्रण गर्ने गरिएको छ । साधारण जीवनशैलीका कारण सक्रिय राजनीतिमा हुँदा कार्यकर्ताले उपाध्यायलाई धेरै रुचाएका थिए ।

प्रकाशित: २८ मंसिर २०८२ १५:०६ आइतबार