नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २१ फागुनका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनमा नगए व्यवस्था संकटमा पर्ने खतरा औंल्याएका छन्।
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबार बसेको बैठकमा उनले २४ भदौको घटना बुझेर राजनीतिलाई राम्रोसँग सञ्चालन गरेर चुनावमा नगए व्यवस्था नहरने खतरा औंल्याएका हुन्।
नेता निधिले २४ भदौको घटनालाई दर्दनाक र शर्मनाक राजनीतिक घटना भनेका छन्। निधिले देश र लोकतान्त्रिक व्यवस्थाका लागि कांग्रेसको महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण भएको पनि बताए।
आफुले भदौ २३ गते नै घटनाको पूर्वअनुमानसहित सर्वदलीय वा सर्वपक्षीय सरकारको निर्णय लिन कार्यसम्पादन समितिको बैठकमा भनेको बताउँदै निधिले देश र लोकतान्त्रिक व्यवस्थाका लागि पार्टीको महाधिवेशनभन्दा निर्वाचन महत्वपूर्ण भएको बताए।
निर्वाचनपछि पार्टीको महाधिवेशन गर्नुपर्ने तर्क गरेको जनाउँदै बैठकमा सहभागि एक सदस्यले निधिलाई उद्धृत गर्दै भने, ‘देश,व्यवस्था र कांग्रेस खतरामा छ, राजनीतिको नाडी छाम्दा त्यही देखिन्छ।’
प्रकाशित: २६ कार्तिक २०८२ २१:३७ बुधबार





