नेपाली काँग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले सात बुँदेको औचित्य सकिएको भन्दै पार्टीलाई सरकारबाट बाहिरिन आग्रह गरेको छ। सरकार सही ढङ्गले नचलेको भन्दै ‘नवीन राष्ट्रिय सहमति’ निर्माण गर्ने मार्ग प्रशस्त गर्न प्रधानमन्त्रीलाई अपिल गरेको छ।
काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र गगनकुमार थापाले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सरकारलाई सच्याउने जिम्मेवारी प्रधानमन्त्रीकै भएको उल्लेख गरिएको छ। विज्ञप्तिमा सरकारलाई सच्याएर अघि बढाउनुपर्ने,संसद्मा भएका निर्णयहरूको अविलम्ब कार्यान्वयन गर्ने,प्रधानमन्त्रीले अविलम्ब पहल गरेर नयाँ राष्ट्रिय सहमति निर्माण गर्नेलगायत उल्लेख छ।
त्यस्तै नयाँ पुस्ताको आन्दोलनलाई शान्तिपूर्ण ढङ्गले सम्बोधन गर्ने,राजनीतिक दलहरूले संसद् स्थायित्वमा खुला संवादमार्फत सहमति खोज्न विज्ञप्तिमा उल्लेख छ ।
.png)
प्रकाशित: २४ भाद्र २०८२ १३:१८ मंगलबार





