२२ आश्विन २०८३ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : मतदानको समय फेरि सर्‍यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि आज हुने मतदानको समय फेरि सरेको छ। निर्वाचन समितिले यसअघि बिहान १० बजे मतदान सुरु गर्ने तयारी गरे पनि अब दिउँसो १ बजेदेखि मतदान सुरु गर्ने भएको छ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार केही प्राविधिक समस्या तथा अन्य व्यवस्थापकीय कारणले मतदानको समय पछाडि सारिएको हो।

यसअघि निर्वाचन समितिले बिहान ७ बजेदेखि मतदान सुरु गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। त्यसपछि समय संशोधन गर्दै बिहान १० बजेबाट मतदान गर्ने भनिएको थियो। 

प्रकाशित: २२ आश्विन २०८३ ०९:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App