२४ आश्विन २०८३ शनिबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : मतदान समय साँझ ५ बजेसम्म थपियो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानको समय थप गरिएको छ।

केन्द्रीय निर्वाचन समितिले आज जारी गरेको सूचनाअनुसार दिउँसो ३ बजेसम्मका लागि तोकिएको मतदानको समय बढाएर साँझ ५ बजेसम्म कायम गरिएको हो।

काठमाडौंमा भइरहेको महाधिवेशनअन्तर्गत आज बिहानदेखि मतदान प्रक्रिया सुरु भएको थियो। मतदानको समय थप गरिएको जानकारी निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले दिएका हुन्।

समितिले सम्पूर्ण महाधिवेशन प्रतिनिधि, मतदाता तथा सरोकारवालालाई समय थप गरिएको जानकारी गराएको छ।

प्रकाशित: २३ आश्विन २०८३ १४:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App