नेपाली कांग्रेसको १५ औँ महाधिवेशनको खुलातर्फको सहमहामन्त्री पदमा रामहरि खतिवडा जित उन्मुख रहेका छन्।
खुलातर्फको मतगणनामा खतिवडाले सर्वाधिक २ हजार २७९ मत प्राप्त गरेका छन्। पछिल्लो मतपरिणामअनुसार अजयबाबु शिवाकोटीले १ हजार ६६८, डिल्लीराम सुवेदीले १ हजार ३९३ मत प्राप्त गरेका छन् भने देवेन्द्रराज कँडेल १ हजार ७३ मत ल्याएका छन्।
त्यस्तै, विकास कोइरालाले ८६८, राजीव ढुंगानाले ९२७, रमेशप्रसाद धमलाले ६१६ र अमृतकुमार अर्यालले ७९६ मत प्राप्त गरेका छन्। विमलराज क्षेत्रीले २१६ मत प्राप्त गरेका छन्।
हालसम्म सहमहामन्त्री खुल्ला ५ हजार ३८८ मत गणना भइसकेको छ।
प्रकाशित: २७ आश्विन २०८३ १०:५६ मंगलबार


-600x400.jpg)


