२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा रामहरि र अजयबाबुको अग्रता कायमै

नेपाली कांग्रेस सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटीले आफ्नो अग्रता कायमै राखेका छन्।

सहमहामन्त्री खुलातर्फ २०८९ मत गणना गर्दा उनीहरूले अग्रता कायमै राखेका हुन्।

मतगणनाको पछिल्लो परिणामअनुसार खतिवडाले ९५५ मत प्राप्त गरेका छन् भने दोस्रो स्थानमा अजयबाबु सिवाकोटीले ६९२ मत ल्याएका छन्। कांग्रेसमा संशोधित विधानअनुसार दुई जना सहमहामन्त्री खुल्लातर्फ महाधिवेशनबाट निर्वाचित हुने प्रावधान रहेको छ।

अन्य प्रतिस्पर्धीहरूमा डल्लीराम सुबेदी ५१९ मतका साथ तेस्रो, देवेन्द्रराज कँडेल ४१८ मतका साथ चौंथो र विकास कोइरला ३४९ मतका साथ पाचौं स्थानमा रहेका छन्।

यस्तै, राजीव ढुंगानालाई ३०३ मत, अमृतकुमार अर्याललाई २०९ मत र विमलराज क्षेत्रीलाई ७७ मत आएको छ।

प्रकाशित: २६ आश्विन २०८३ १२:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App