२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन पुस २७ देखि ३० गतेसम्म, नेताहरू सहमतिउन्मुख

नेपाली कांग्रेसको १५ औँ महाधिवेशन पुसको अन्तिम साता गर्नेगरी नेताहरू सहमतिउन्मुख भएका छन्। सभापति शेरबहादुर देउवा निकट नेता रमेश लेखकका अनुसार नेताहरूबिच उक्त कुरामा लगभग सहमति जुटेको छ।  

‘पुसको २७, २८, २९ र ३० गतेसम्म महाधिवेशन गर्नेगरी लगभग सहमति जुटेको छ,’ नागरिकन्युजसँग कुराकानी गर्दै लेखकले भने, ‘सबैजसो नेताहरू त्यहीमा सहमतिउन्मुख छन्।’  

आफूले यही प्रस्ताव सुरुदेखि नै राख्दै आएको उनले बताए। उनले भने, ‘मैले यही कुरा पहिल्यै देखि राख्दैआएको थिए। सबै नेताहरू यही कुरामा सहमत हुनुभएको छ।’

प्रकाशित: १४ मंसिर २०८२ १८:०१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App