२५ आश्विन २०८३ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन : ४ हजार ५७५ मत खस्यो

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा शुक्रबार अपराह्न साढे ४ बजेसम्म ४ हजार ५७५ मत खसेको छ। मतदानका लागि यसअघि साँझ ५ बजेसम्म तोकिएको समय बढाएर राति ७ बजेसम्म पुर्‍याइएको छ। 

साँझ ४ः३० बजेसम्मको विवरणअनुसार बागमती प्रदेशमा सबैभन्दा धेरै १ हजार ६३ मत खसेको छ। त्यस्तै, मधेस प्रदेशमा ७९०, लुम्बिनी प्रदेशमा ७०० र गण्डकी प्रदेशमा ६५१ मत खसेको छ। 

यसैगरी, कर्णाली प्रदेश र जनसम्पर्क समितिबाट ४९१ तथा सुदूरपश्चिम प्रदेशबाट ४५० मत खसेको विवरण प्राप्त भएको छ। 

कोशी प्रदेशको मतदान विवरण संशोधन गरी ४३० मत कायम गरिएको छ। सबै प्रदेश तथा समूहको विवरण जोड्दा कुल ४ हजार ५७५ मत खसेको हो। 

गण्डकी प्रदेशमा कुल ७७६ मत खस्नुपर्नेमा ६५१ मत मात्र खसेको विवरण प्राप्त भएको छ। 

प्रकाशित: २३ आश्विन २०८३ १७:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App