नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा दिउँसो साढे २ बजेसम्म ३ हजार ७५४ मत खसेको छ।
नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा अब मतदान गर्न बाँकी ३ हजार ५०१ जना रहेका छन्।
साढे २ बजेसम्म कोशी प्रदेशबाट ६१३ मत, मधेश प्रदेशबाट ५९०, लुम्बिनीबाट ५७९, गण्डकीबाट ५०७, बागमतीबाट ७३२ र सुदूरपश्चिम र कर्णालीबाट ७३३ मत खसेको छ।
अहिले महाधिवेशन प्रतिनिधिहरूले सभापतिसहित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्य चयनका लागि मतदान गरिरहेका छन्।
मतदानको लागि समय साँझ ५ बजेसम्म तय गरिएको छ।
प्रकाशित: २३ आश्विन २०८३ १५:२८ शुक्रबार





