नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भइरहेको मतदानमा पहिलो दुई घण्टामा १ हजार २९३ मत खसेको छ।
निर्वाचन समितिका अनुसार शुक्रबार बिहान ८ः३० देखि १०ः३० बजेसम्म उक्त मत खसेको हो। यस अवधिमा कोशी प्रदेशबाट २२२, सुदूरपश्चिम र कर्णाली प्रदेशबाट संयुक्त रूपमा २५७, लुम्बिनी प्रदेशबाट २०२, गण्डकी प्रदेशबाट १८८ र बागमती प्रदेशबाट २१७ मत खसेको छ।
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि ७ हजार २५५ जना महाधिवेशन प्रतिनिधिले मतदान गर्नेछन्। पार्टीमा कुल महाधिवेशन प्रतिनिधिको संख्या भने ७ हजार ३१७ रहेको छ।
नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ। महाधिवेशनबाट नयाँ सभापतिसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ। मतदानको सुरुवात कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले गरेका थिए।
प्रकाशित: २३ आश्विन २०८३ ११:३९ शुक्रबार





