१५ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

कांग्रेस संस्थापनइतर पक्षद्वारा साउन २९ गते राष्ट्रिय भेला आह्वान

क्याप्शन

नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी साउन २९ गते काठमाडौंमा राष्ट्रिय भेला आह्वान गरेको छ।

बीपी कोइरालाको ४४ औँ स्मृति दिवसका अवसरमा बुधबार नेपाल प्रज्ञा-प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेता प्रकाशमान सिंहले उक्त भेलाको घोषणा गरेका हुन्।

विशेष महाधिवेशनमा सहभागी नरहेको इतर पक्षले सातै प्रदेशमा प्रदेशस्तरीय भेलाहरू सम्पन्न गरेपछि काठमाडौंमा राष्ट्रिय भेला गर्न लागेको हो। प्रदेश भेलाहरूको सफलता र समीक्षापछि आगामी राजनीतिक रणनीति तय गर्न राष्ट्रिय भेला डाकिएको बताइएको छ।

नेता सिंहले आफूहरू पार्टीको १५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्ने पक्षमा रहे पनि संस्थापन पक्ष भने व्यक्तिवादी चिन्तनमा अघि बढिरहेको आरोप लगाए। उनले संस्थापन पक्षसँग मिलेर जाने प्रयास गर्दा निर्णयमा केही ढिलाइ भएको सुनाए।

‘सबैले निर्णय गर्न ढिला गर्‍यौं भनेर भन्नुहुन्छ, त्यो त होइन नि त ! हामीले त सकेसम्म मिलेर जानका लागि समय लिएका हौं,’ नेता सिंहले भने, ‘आज हामीले निर्णय गरेका छौं, साउन २९ गते राष्ट्रिय भेला हुन्छ । यो भेलापछि हामी आफ्नो बाटो लिन्छौं। '

प्रकाशित: ६ श्रावण २०८३ १९:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App