नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक मंगलबार बस्ने भएको छ। पार्टीको आन्तरिक निर्वाचनसम्बन्धी आगामी रणनीति तय तथा आवश्यक तयारीबारे छलफल गर्न बैठक बोलाइएको हो।
ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरिएको निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।
बैठकमा निर्वाचन प्रक्रियालाई व्यवस्थित बनाउने र नयाँ कार्यतालिकाअनुसार अघि बढ्ने विषयमा परामर्श हुने उनको भनाइ छ।
यसअघि आइतबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भदौ २४ गतेका लागि निर्धारित वडा अधिवेशन सारेर असोज पहिलो साता गर्ने निर्णय गरेको थियो।
कार्यसम्पादन समितिको उक्त निर्णयपछि बदलिएको परिस्थितिमा निर्वाचन समितिले नयाँ तयारी थाल्न लागेको हो।
प्रकाशित: २२ भाद्र २०८३ १९:०४ सोमबार




-600x400.jpg)
-600x400.jpg)