नेपाली कांग्रेस संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरु भएको छ।
संस्थापन पक्षले पार्टीका नेता कार्यकर्ताविरुद्ध दिँदै आएको धाक धम्कीविरुद्ध अभियान सुरु गरेको।
कोशी प्रदेशका महामन्त्री भूपेन्द्र राईले जबरजस्ती पार्टी कब्जा गर्नेको हातबाट पार्टीलाई मुक्त पार्न अभियान थालेको दाबी गरे। क्रियाशील नविकरणको नाममा फेरि पार्टी कब्जा गर्ने प्रयास सफल हुन नदिने उनको भनाइ छ।
राईले विशेष महाधिवेशनको नाममा पार्टी कब्जा गर्नेहरू पार्टीका नेताहरूको अपमान गर्नेहरू नै पार्टी फुटाउने प्रयासमा लागेकाले पार्टीलाई एक ढिक्का बनाउन अभियान सुरु गरेको बताए।
कार्यक्रममा नेताहरू डा शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा शशांक कोइराला लगायतका नेताहरूको उपस्थिति रहेको छ।
प्रकाशित: ३१ जेष्ठ २०८३ १३:३१ आइतबार





