२७ फाल्गुन २०८२ बुधबार
image/svg+xml
राजनीति

निवर्तमान प्रधानमन्त्री ओलीविरुद्ध कर्तव्य ज्यानको जाहेरी

पूर्वसांसद तथा कांसेस नेता अभिषेक प्रताप शाहले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीविरुरद्ध कर्तव्य ज्यानको जाहेरी दिएका छन् ।  

शान्तिपूर्ण प्रदर्शनमा संलग्न युवामाथि गोली चलाउन आदेश दिएको भन्दै उनले प्रशासन कार्यालयमार्फत महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा उजुरी दिएका हुन ।  

शनिबार कपिलवस्तुका प्रजिअ दिलकुमार तामाङ उनले जाहेरी बुझाएका छन् । कपिलवस्तु कृष्णनगर नगरपालिका–२ का ४३ वर्षीय अभिषेक प्रताप शाहले गत २३ गते दिउँसो प्रदर्शनकारीलाई गोली हान्न ओलीले नै आदेश दिएको आरोप लाएका छन ।  

घटनाकै दिन १९ जनाको मृत्यु भएको थियो भने अहिले मृतकको संख्या ५० पुगेको छ । ज्यान गुमाउनेमा १७ देखि ४५ वर्ष उमेर समूहका छन् ।  

जाहेरीमा ओलीमाथि जघन्य अपराधको अभियोग लगाउँदै घटनाबारे अनुसन्धान गरी प्रमाणसहित कानूनी कारबाही गर्न माग गरिएको छ । शव परीक्षण रिपोर्ट र घटनास्थल मुचुल्का प्रमाणका रूपमा पेस गर्नुपर्ने मागसमेत गरिएको छ । प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जाहेरीलाई सम्बन्धित निकायमा पठाउने बताए । 

प्रकाशित: २८ भाद्र २०८२ २०:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App