२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

देशको अवस्था परिवर्तन गर्न नागरिक योगदानको खाँचो : गणेश पराजुली

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता गणेश पराजुलीले देशको अवस्था परिवर्तन गर्न नागरिकले योगदान गर्नुपर्ने समय आएको बताएका छन्।

काठमाडौं निर्वाचन क्षेत्र नं ७ मा निर्वाचित भएपछि तारकेश्वर नगरपालिका–४ लोलाङमा बिहीबार स्थानीयसँग सक्षात्कार गर्दै उनले सक्षम नागरिकले आफ्नो सक्रिय भूमिका निर्वाह गरेर राष्ट्र निर्माणमा योगदान गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

'यहाँहरुले प्राप्त गरेको ज्ञानलाई राष्ट्र निर्माणमा उपयोग गर्न सक्नुपर्छ', उनले भने। सांसद पराजुलीले युग परिवर्तन तथा राष्ट्र र सन्ततिको भाविष्य सुनिश्चित गर्न मतदाताले गरेको मत क्रान्तिको हिम्मतप्रति आभार प्रकट गरे।

प्रकाशित: २८ फाल्गुन २०८२ १२:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App