२३ मंसिर २०८२ मंगलबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री बानियाँले सोमबार विश्वासको मत लिने

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी सोमबार विश्वासको मत लिने भएका छन् । यसका लागि प्रदेशसभा बैठक बोलाउन मुख्यमन्त्री बानियाँले सभामुख भुवनकुमार पाठकलाई आग्रह गरिसकेका छन्।

नेकपा (एमाले) को समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता बानियाँ गत मंगलबार मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसदको समर्थन छ ।  

मुख्यमन्त्री बानियाँले विना विभागीय मन्त्री सहित कांग्रेसका २ र एमालेका ६ मन्त्री सरकारमा सहभागी गराएका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम सांसदबाट विश्वासको मत लिने तयारी गरेका हुन् ।

प्रकाशित: २३ श्रावण २०८२ १३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App