१३ श्रावण २०८३ बुधबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीश शर्मा भारत प्रस्थान

प्रधानन्यायाधीश डा मनोजकुमार शर्मा मित्रराष्ट्र भारत प्रस्थान गरेका छन्।

भारतीय समकक्षी सूर्य कान्तको मैत्रीपूर्ण निमन्त्रणामा उनी आज त्यसतर्फ प्रस्थान गरेका सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।

भ्रमणका क्रममा प्रधानन्यायाधीश डा शर्माले उनका भारतका प्रधानन्यायाधीश कान्तसँग दुईपक्षीय भेटवार्ताका साथै भारतको सर्वोच्च अदालतको अवलोकन भ्रमण गर्ने कार्यक्रम तय भएको छ।

उनी भ्रमणपश्चात यही साउन ११ गते स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ। उक्त भ्रमण दलमा प्रधानन्यायाधीश शर्माकी धर्मपत्नी उमा शर्मा र सह–रजिष्ट्रार अमित उप्रेती सहभागी छन्।

प्रकाशित: ७ श्रावण २०८३ १८:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App