नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी छाडेर बाहिर रहेका पुराना नेता–कार्यकर्तालाई एमालेमा फर्किन आग्रह गरेका छन्।
अध्यक्ष ओलीले शुक्रबार सामाजिक सञ्जालमार्फत विगतमा एमाले पार्टी निर्माण गरेका नेता तथा नेता–कार्यकर्तालाई एमालेमा फर्कन आह्वान गरेका हुन्।
'विगतमा नेकपा (एमाले) को निर्माण गर्न र यसलाई बलियो बनाउने यात्रामा सँगै हिँड्नुभएका सबै नेता-कार्यकर्तालाई हृदयदेखि आह्वान गर्न चाहन्छु। जहाँ हुनुहुन्छ, फर्किनुस् आफ्नै घर फर्किनुस्,' अध्यक्ष ओलीले लेखेका छन्।
उनले राष्ट्रिय एकता, देशको स्वाभिमान र लोकतन्त्रको रक्षाका लागि सबै एकै मन, एकै स्वर र एकै दिशामा अघि बढ्नुपर्नेमा जोड दिए।
प्रकाशित: १५ कार्तिक २०८२ ०६:५३ शनिबार





