१४ श्रावण २०८३ बिहीबार
image/svg+xml
राजनीति

सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन : गृहमन्त्री गुरुङ

फाइल तस्बिर

गृहमन्त्री सुधन गुरुङले सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु नभएको बताएका छन्। सेयरबारे विवाद भएपछि सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यस्तो तर्क गरेका हुन्।

विवादित व्यक्तिसँग साझेदारी भनिएको कुरालाई लिएर उनले लेखेका छन्, ‘एउटै कम्पनीमा सयौँ-हजारौँ सेयरहोल्डर हुन्छन्। सेयर किन्नु भनेको सबैसँग साझेदारी गर्नु होइन।’ उनले अगाडि भनेका छन्, ‘यदि त्यसैलाई आधार मान्ने हो भने त्यही कम्पनीमा लगानी गर्ने सबैलाई एउटै रूपमा दोषी ठहर गर्नुपर्ने हुन्छ, जुन न्यायोचित होइन।’ 

यो पनि पढ्नुहोस्

सेयर विवादबारे गृहमन्त्री गुरुङको स्पष्टीकरण: मैले केही लुकाएको छैन

यस प्रकरणमा आफूले केही नलुकाएको भन्दै उनले अनुसन्धानमा पूर्ण सहयोग गर्ने कुरा पनि स्पष्ट पारेका छन्। उनीमाथि विवादित व्यवसायीको कम्पनीको सेयर लिएर सो कुरा आफ्नो सम्पत्ति विवरणमा नखुलाएको आरोप लागेको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले समेत अनुसन्धानमा निष्पक्षताका लागि मार्गप्रशस्त गर्न अनुरोध गरिसकेको छ। 

प्रकाशित: ७ वैशाख २०८३ १४:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App