२६ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

सचेत नागरिकको सहभागिताले नै बलियो राष्ट्र निर्माण सम्भव हुन्छ : सचिव बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले पनि मतदान गरेका छन्। उनले भक्तपुरस्थित सूर्यविनायक नगरपालिका-७ गुण्डु वडा कार्यालयमा पुगेर मतदान गरेका हुन्।

भक्तपुर-२ बाट उम्मेदवार समेत रहेका उनले यसबारे जानकारी गराउँदै भनेका छन्, ‘लोकतन्त्रको सुदृढीकरण र आफ्नो अधिकारको प्रयोग गर्ने महत्त्वपूर्ण अवसर हो।’ उनले सबैलाई आ-आफ्नो मतदान केन्द्रमा गई निर्धक्क, निर्भीक र उत्साहका साथ मतदान गर्न अपिल समेत गरेका छन्।

उनले भनेका छन्, ‘आफ्नो अमूल्य मतद्वारा राष्ट्रियता र लोकतन्त्रलाई अझ सुदृढ र सबल बनाऔँ। सचेत नागरिकको सहभागिताले नै बलियो राष्ट्र निर्माण सम्भव हुन्छ।’

प्रकाशित: २१ फाल्गुन २०८२ ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App