१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

कानुनविपरीत मन्त्री लम्सालको अभिव्यक्ति : काम नगर्ने ठेकेदारको खुट्टा भाँच्न निर्देशन

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनील लम्सालले काममा लापरबाही वा अनावश्यक ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई कडा निर्देशन दिएका छन्।

निर्माणाधीन नागढुङ्गा–मुग्लिन सडक आयोजनाको स्थलगत अनुगमनका क्रममा उनले काममा लापरबाही वा अनावश्यक ढिलाइ स्वीकार्य नहुने स्पष्ट पारे।

अनुगमनको क्रममा मन्त्री लम्सालले ‘काम नगरे खुट्टा भाँचिदिने’ चेतावनी दिए। उनले भने, ‘यो बिजुलीको पोलको कन्ट्र्याक्‍ट पेपर र कन्ट्र्याक्‍टर कहाँ छ, खोजेर ल्याउनुस्। त्यसले काम गरेन भने खुट्टा भाँचिदिनु, मतलब भएन। यहाँको पब्लिकले धेरै दु:ख पाए।'

यस्तै, मन्त्री लम्सालले आयोजनामा देखिएका समस्या तथा अवरोध तत्काल समाधान गर्न मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।

मध्यपूर्व द्वन्द्वपछि निर्माण सामग्री अभावका कारण प्रभावित बनेको नागढुङ्गा–मुग्लिन सडक आयोजनाको कामले पछिल्लो समय पुनः गति लिएको छ। अहिले उक्त सडकखण्डमा कालोपत्रको काम अगाडि बढेको छ।

प्रकाशित: १ असार २०८३ ११:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App