२३ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

कालो चस्मा, कालो पहिरन, भाइरल भयो प्रधानमन्त्रीको ‘लुसिफर’ लुक

प्रधानमन्त्री बालेन्द्र शाह तिहारको सार्वजनिक बिदामा फरक लुकमा देखिएका छन्।

उनले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत कालो पहिरन र कालो चस्मामा देखिएको आफ्नो नयाँ तस्बिर सार्वजनिक गरेका हुन्।

तिहारको बिदामा फुर्सदिलो समय बिताइरहेका प्रधानमन्त्री शाह तस्बिरमा गाडीभित्र बसेको देखिन्छन्। कालो पहिरन, कालो चस्मा र हल्का बढेको दाह्रीमा देखिएका उनले एक हातले कपाल समातेर क्यामेरातर्फ हेरेका छन्।

उनले तस्बिरसँगै अमेरिकी र्‍यापर जे-जेडको ‘लुसिफर’ गीतको संगीत पनि राखेका छन्। पोस्टमा कुनै सन्देश वा राजनीतिक टिप्पणी नगरी उनले मुस्कानको इमोजी मात्र राखेका छन्।

यसअघि पनि प्रधानमन्त्री शाहलाई लिएर सामाजिक सञ्जालमा ‘लुसिफर’ शब्द जोडेर विभिन्न टिप्पणी हुने गरेका थिए। यसपटक भने उनले त्यही नामको गीतसँगै आफ्नो फरक शैलीको तस्बिर सार्वजनिक गरेका छन्।

प्रधानमन्त्री शाहका फरक शैलीका तस्बिर र पोस्टले बेलाबेला सामाजिक सञ्जालमा चर्चा पाउने गरेका छन्। उनको पछिल्लो तस्बिरले पनि प्रयोगकर्ताको ध्यान खिचेको छ।

प्रकाशित: २३ कार्तिक २०८३ २०:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App