नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(माओवादी)ले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार भंग गरी सर्वपक्षीय सरकारको माग गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई ज्ञापन पत्र बुझाएको छ। बुधवार राष्ट्रपति कार्यालय शीतल निवास पुगेर विप्लवसहितका नेताहरूले राष्ट्रपति पौडेललाई विभिन्न १३ बुँदे मागसहितको ज्ञापन पत्र बुझाएका छन्।
ज्ञापन पत्रमा पछिल्लो जेन–जी आन्दोलन जनताकै विद्रोह रहेको उल्लेख गर्दै, तर त्यसपछि विकसित घटनाक्रमले देश गम्भीर संकटमा पुगेको उल्लेख छ। अहिले चुनाव हुने भनिए पनि चुनाव हुनसक्ने अवस्था नरहेको पनि माओवादीको ठहर छ।
ज्ञापन पत्रमा आफ्ना माघ १० दिनभित्र पूरा नभए सडक संघर्षमा जाने चेतावनी दिइएको छ।
यस्तो छ ज्ञापन पत्र र मागहरू


प्रकाशित: ९ पुस २०८२ १८:५४ बुधबार





