२२ श्रावण २०८३ शुक्रबार
image/svg+xml
राजनीति

अमेरिकी विदेशमन्त्रीको सम्मानमा आयोजित स्वागत समारोहमा छोरासँगै पुगे विनोद चौधरी

अर्बपति विनोद चौधरी र उनका छोरा वरुण चौधरीले नेपालको निजी क्षेत्रको प्रतिनिधिको रूपमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोका लागि आयोजना गरेको स्वागत समारोहमा भाग लिएका छन्।

नयाँ दिल्लीस्थित अमेरिकी दूतावासले रुजवेल्ट हाउसमा यो समारोह शनिबार आयोजना भएको थियो। भारतको चारदिने औपचारिक भ्रमणमा रहेका उनको सम्मानमा भारतका लागि अमेरिकी राजदूत सर्जियो गोरले रुजवेल्ट हाउसमा स्वागत समारोह आयोजना गरेका थिए। उक्त उच्च स्तरीय कूटनीतिक भेलामा भारतका विदेश मन्त्री एस जयशंकर, वरिष्ठ सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू र निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरू भेला भएका थिए।

छोरा वरुणसँगै अमेरिकी विदेशमन्त्री मार्को रुबियोलाई सम्मान गरेको बताउँदै विनोद चौधरीले एक्समा भनेका छन्, ‘मैले सधैँ विश्वास गरेको छु कि नेपालको कथा यसको भूगोल भन्दा ठुलो छ। लचिलो जनता, प्रयोग नगरिएको सम्भावना र विशाल अवसरहरूको राष्ट्र। यी कुराकानीहरूमा नेपालको स्थान छ। र यो सधैँ रहनेछ।’

वरुण चौधरीले बुबा विनोदसँगै विदेशमन्त्री रुबियोसँग नेपाल र अमेरिकाबिचको बढ्दो मित्रताको उत्सव मनाउने एउटा यादगार साँझ बिताउने अवसर मिलेको बताए। 

एक्समा नै उनले भनेका छन्, ‘यस सम्बन्धलाई सुदृढ पार्न र मानिसहरूलाई एकताबद्ध गर्न यस्तो महत्त्वपूर्ण भूमिका खेलेकोमा राजदूत गोरको विशेष प्रशंसा र शुभकामना दिन चाहन्छु। चाँडै संयुक्त राज्य अमेरिका भ्रमण गर्न र अर्थपूर्ण सम्बन्ध र सहकार्य निर्माण गर्न अगाडि बढ्न उत्सुक छु।’

प्रकाशित: १० जेष्ठ २०८३ १४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App