११ चैत्र २०८२ बुधबार
image/svg+xml
राजनीति

विमलेन्द्र भन्छन्: धार्मिक र सांस्कृतिक परम्परा संरक्षणमा समुदायको भूमिका अपरिहार्य

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले धार्मिक र सांस्कृतिक परम्पराको संरक्षण तथा प्रवर्द्धनमा समुदायको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् ।  

ब्याहुत सेवा समिति कलवार कुट्टी जनकपुरधामद्वारा बललभद्र जयन्ती पुजन समारोहलाई शुक्रबार जनकपुरधाममा सम्बोधन गर्दै निधिले धार्मिक चेतना र सामाजिक एकता बलियो बनाउने खालका यस्ता कार्यक्रमले समाजमा सकारात्मक सन्देश दिएको बताए ।

उनले भने, ‘बलभद्र जयन्ती जस्ता पर्वले हामीलाई हाम्रो सांस्कृतिक जरा सम्झाइ रहन्छ ।’ प्रदेशसभा सदस्य एवं पूर्व भौतिक पूर्वाधारमन्त्री रामसरोज यादवले संस्कृति र परम्परालाई जीवित राख्न यस्ता कार्यक्रम आवश्यक रहेको बताए ।  

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज साहले समारोहमा शुभकामना मन्तव्य दिँदै नगरपालिकाले धार्मिक, सांस्कृतिक तथा सामुदायिक कार्यक्रमप्रति सदैव सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित: १३ भाद्र २०८२ १८:५१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App