युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि युएई राजदूत महामहिम अब्दुल्ला सइद मुबारक जारवान अल शामसी बिच द्विपक्षीय भेटवार्ता भएको छ।
बुधबार भएको भेटमा मन्त्री यादवले प्रहरी चारित्रिक प्रमाणपत्र लिनुपर्ने दोहोरो प्रावधान हटाइ श्रमिकको सहजताका लागि अनुरोध गरेका छन्।
नेपाल र युएई बिच भएको द्विपक्षीय सम्झौताका विषयहरूलाई प्रभावकारी कार्यान्वयनका लागि लागत न्यूनीकरण, सिप साझेदारी र श्रमिकको स्वास्थ्य लगायतका प्रावधानहरू कार्यान्वयन गर्न सहमति भएको छ। युएई राजदूत शामसीले ईद उल अजहाको अवसरमा १११ जना कैदिबन्दिलाइ आममाफी दिएको जानकारी दिए।
उक्त विषयमा मन्त्री यादवले कृतज्ञता व्यक्त गर्दै राजदूत शामसीले द्विपक्षीय सरोकारका विषयमा युएई सरकारसँग समन्वयपश्चात् जानकारी दिने बताएका छन्।
प्रकाशित: १७ असार २०८३ १७:५६ बुधबार




