२८ फाल्गुन २०८२ बिहीबार
image/svg+xml
राजनीति

ओलीप्रति भुसालको टिप्पणी: च्यासलतिर मरणोपरान्त भइराख्नुपर्छ भनेर आरती उतारिँदैछ

नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले अहिलेको राजनीतिले जनतामा भयङ्कर असन्तुष्टि सृजना गरिरहेको बताएका छन्।

मङ्गलबार (आज) काठमाडौंमा आयोजित ४७औं पुष्पलाल स्मृति दिवसका सन्दर्भमा 'वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन' विषयक अन्तर्क्रिया कार्यक्रममा धारणा राख्दै उनले यस्तो बताएका छन्। 'जस्तो पनि गठबन्धन बनाउने र राज्यको दोहन गर्ने जुन राजनीति स्थापित गरिँदैछ। यसले जनतामा भयङ्कर असन्तुष्टि उत्पन्न गर्दैछ र त्यसमाथि पपुलिस्टहरूले खेल्दैछन्,' उनले भने।

महासचिव भुसालले कम्युनिष्ट पार्टीको नेतृत्वबाट हट्न नमान्ने नेताहरूका प्रति पनि कडा टिप्पणी गरे।

'हाम्रो आन्दोलनको नेतृत्व के भन्छ भन्दा अब २० वर्ष कसैले मेरो कुर्सी नहेर्नू, अर्कोले लजाइ-लजाइ बीसै वर्ष त होइन, १०/१५ वर्ष मैले अरुलाई तयार गर्छु र छोड्दिन्छु। अर्को जमात यस्तो च्यालेन्ज गर्दैछ, आजै त्यता च्यासलतिर १० वर्ष, २० वर्ष होइन, तिमी आजीवन मरणोपान्त भइराख्नुपर्छ भनेर आरती उतार्दैछ। यो कस्तो विरोधाभास हो हाम्रो आन्दोलनको ? कम्युनिष्ट आन्दोलन वस्तुवादी, निर्मम, सर्वश्रेष्ठ, तार्किक आन्दोलन। यो सारा छोडेर आज कस्तो आन्दोलन ?,' उनले भने।

प्रकाशित: ६ श्रावण २०८२ १५:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App