१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
राजनीति

भट्टराईद्वारा जेन–जीलाई अमेरिकी मेयर ममदानीको विचार अध्ययन गर्न सुझाव

नेपाल समाजबादी पार्टीका अध्यक्ष  तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालका जेन–जीले अमेरिकाको सबैभन्दा ठूलो सहर न्यूयोर्कका मेयरमा लोकतान्त्रिक समाजवादी विचारधारा अपनाउँदै निर्वाचित भएका युवा नेता जोहरान ममदानीको राजनीतिक यात्रा र चुनावी अभियान अध्ययन गर्न आग्रह गरेका छन्।

भट्टराईले प्रभावकारी राजनीतिक नेतृत्वका लागि विचार र व्यक्तित्व दुवैको सन्तुलित संयोजन आवश्यक हुने बताउँदै भनेका छन्, ‘विचारविहीन व्यक्ति वा व्यक्तित्वविहीन विचारले सही नेतृत्व गर्न सक्दैन।’

उनका अनुसार, जोहरान ममदानीजस्ता युवानेताको उदय र लोकतान्त्रिक समाजवादी मूल्यको विजयले विश्व राजनीतिमा नयाँ आशा जगाएको छ। नेपालमा समेत नयाँ र वैकल्पिक राजनीतिक शक्तिहरूको उदय भइरहेको सन्दर्भमा, उनले वैचारिक स्पष्टता र सशक्त नेतृत्वको एकतामार्फत मात्र वास्तविक परिवर्तन सम्भव हुनेमा जोड दिएका छन्।

प्रकाशित: १९ कार्तिक २०८२ १०:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App