१७ श्रावण २०८३ आइतबार
image/svg+xml
राजनीति

भानु चुँदीरम्घालाई भाषा र साहित्यको गन्तव्यस्थल बनाउनुपर्छः राष्ट्रपति पौडेल

फाइल तस्बिर

राष्ट्रपति रामचन्द्र पौडेलले भानु चुँदीरम्घालाई भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्नेमा जोड दिएका छन्।

भानु नगरपालिका–४ चुँदीरम्घामा आज भानु साहित्य उद्यानको शिलान्यासपछि राष्ट्रपति पौडेलले आदिकवि भानुभक्त आचार्यको योगदानले नेपाली भाषा र पहिचान निर्माणमा महत्वपूर्ण भूमिका खेलेको बताए। 'भानुभक्तकै कारण हामी नेपालीको रुपमा परिचित भएका हौं,' राष्ट्रपति पौडेलले भने।

राष्ट्रपतिले भाषा एकताको आधार भएको उल्लेख गर्दै भानुभक्तको जन्मभूमि चुँदीरम्घालाई नेपाली भाषा र साहित्यको त्रिवेणीका रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याए। साथै, भानु साहित्य उद्यान निर्माणले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत चिनाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

राष्ट्रपति पौडेलले साहित्य उद्यानलाई राष्ट्रिय एकताको केन्द्र बनाउनुपर्ने धारणा राखे। लामो समयदेखि प्रयास सार्थक हुने चरणमा पुगेको बताउँदै उनले यसलाई सहयोग गर्न सबैलाई अपिल गरे।

प्रकाशित: १४ वैशाख २०८३ १४:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App