९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

वामदेव भन्छन्: भारतले नेपालको भूमिगत पानी खिच्यो, जासुसी गराैं

नेकपा (एकीकृत समाजवादी) का नेता वामदेव गौतमले भारतले नेपाल-भारत सीमा क्षेत्रमा १० देखि २० किलोमिटर भित्रसम्मको भूमिगत पानी खिचेका कारण तराईमा पानीको संकट उत्पन्न भएको बताएका छन्।

उनले यस विषयमा जासुसी तरिकाले अध्ययन गर्नुपर्ने बताए। बिहीबार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै नेता गौतमले भने, ‘भारतले नेपाल-भारत सिमानामा नेपालको १०-२० किलोमिटर जमिनभित्रको पानी सबै खिचेको छ। यो समस्याको विषयमा जासुसी तरिकाले अध्ययन गर्न जानुपर्छ।’

उनले तराईका आठ जिल्लामा देखिएको खानेपानीको समस्यामाथि समिति केन्द्रित हुनुपर्नेमा जोड दिए। ‘मेरो विचारमा आज हामीले तराईका आठ जिल्लामा उत्पन्न भएको समस्यामै केन्द्रित हुनुपर्थ्यो, योभन्दा बाहिर जानै हुन्न,’ उनले भने, ‘हामीले निष्कर्ष के दिनुपर्छ भने त्यहाँको निम्ति यसो-यसो गर भनेर आदेश दिने हो।’

नेता गौतमले विश्वव्यापी रूपमा बढ्दो प्रविधिको प्रयोगले पनि पानी र ऊर्जा संकट निम्त्याएकोतर्फ संकेत गरे। उनले भने, ‘अहिले एआईको प्रयोगले विश्वव्यापी रूपमा विद्युत र पिउने पानीको समस्या सिर्जना भएको छ। यसको प्रभाव यहाँ पनि परेको हुनसक्छ।’

प्रकाशित: १५ श्रावण २०८२ २१:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App