२९ असार २०८३ सोमबार
image/svg+xml
राजनीति

बालेन्द्र शाहले मध्यरातमा लेखेको स्टाटसले पदको गरिमा र जिम्मेवारीबारे गम्भीर प्रश्न उठायो : बस्नेत

नेकपा एमालेका सचिव महश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो फेसबुक पृष्ठमा मध्यरातमा लेखेको 'मलाई पनि एम्बासडर बन्न मन छ, पिएमको नम्बर दिनुस् न' भन्ने स्टाटसले पदको गरिमा र जिम्मेवारीबारे गम्भीर प्रश्न उठेको बताएका छन्।

प्रधानमन्त्री जस्तो उच्च पदमा रहेको व्यक्तिबाट सार्वजनिक रूपमा यस्ता व्यंग्यात्मक अभिव्यक्ति आउनु कति उपयुक्त हो भन्दै उनले प्रश्न समेत गरे। सामाजिक सञ्जालमा लेख्दै उनले भने, 'अझ मधेशकै एक वरिष्ठ कर्मचारीमाथि सोही व्यहोराको एसएमएस लेखेबापत प्रहरीबाट दुर्व्यवहार भइरहेका बेला त्यसलाई गम्भीर रूपमा सम्बोधन गर्नुको सट्टा 'आफू नै मधेसको छौरा हुँ' भनेर दाबी गर्ने व्यक्तिले यसरी व्यंग्य गर्नु अमानवीय कार्य हो।'

यो शैलीले परिपक्व नेतृत्वभन्दा व्यक्तिगत असन्तुष्टि र आक्रोश बढी झल्काउने भनाइ राखे। राज्य सञ्चालन गर्ने व्यक्तिबाट संयम, जिम्मेवारी र संस्थागत मर्यादाको अपेक्षा गरिने बताउँदै उनले व्यक्तिगत कटाक्षको नगरेको जिकिर गरे। 

'कहिलेकाहीँ यस्तो व्यवहारले बालेन अत्यधिक इगो हर्ट भएको व्यक्ति त हुँदै हो तर पछिल्लो उनको व्यवहारले उनलाई मनोवैज्ञानिक परामर्श गराउन आवश्यक चरणमा पुगेका हुन् कि भन्ने देखाउँछ,' उनले भने।

प्रकाशित: २४ जेष्ठ २०८३ १०:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App