राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले वनस्थलीस्थित पार्टी कार्यालयमा रहेको आफ्नो कार्यकक्ष ग्रहण गरेका छन्।
सभापति रवि लामिछानेसँगै घण्टी बजाएर कार्यालय परिसर प्रवेश गरेका शाह सिधै आफूलाई तोकिएको कार्यकक्षमा गएर बसेका हुन्।
वरिष्ठ नेता शाहका लागि रास्वपाले कार्यालयभित्र छुट्टै कक्ष तयार पारेको थियो। पूर्व निर्धारित तयारी अनुसार नै उनी उक्त कक्षमा प्रवेश गरेका हुन्।
केही बेरमा केन्द्रीय समितिको बैठक बस्ने तयारी भइरहेको छ।
प्रकाशित: ४ माघ २०८२ १६:१२ आइतबार





